नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ४९ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार झापाका एक पुरुषको परीक्षण पोजेटिभ देखिएको हो। उनको  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमित झापा निवासी ६२ वर्षीय पुरुष हुन् ।  उनको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।योसँगै कोरोना संक्रमितको संख्या ४९ पुगेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।