बाँके । बाँकेको बैजनाथ गाउँपालिका २, पितमारीस्थित पाेखरीमा डुबेर तीन बालकको निधन भएको छ ।
बिहीबार दिउँसो पौडी खेल्न गएका तीनै जना डुबेको अवस्थामा भेटिएका इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
निधन हुनेमा पितमारीकै १२ वर्षीय नरेश कुँवर, १२ वर्षीय नवीन परियार तथा ११ वर्षीय अनित रावत छन् ।
प्रहरीका अनुसार शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ ।-रासस
Comment