अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० हजार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० हजार नजिक पुगेको छ। विगत २४ घन्टामा सबैभन्दा बढी अमेरिकामा २ हजार ३ सय २२ जनाको मृत्यु भएको छ।

यो सँगै अमेरिकामा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४९ हजार ८ सय ४२ पुगेको छ। त्यहाँ अहिलेसम्म ८ लाख ८० हजार १ सय ३६ जना संक्रमित भएका छन्।

बिहीबार मात्रै अमेरिकामा ३१ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

अमेरिकामा हालसम्म करिब ४७ लाख व्यक्तिमा कोरोना परीक्षण गरिएको छ। संक्रमितमध्ये करिब ८६ हजार बिरामी निको भई घर फर्किएका छन् भने १५ हजार व्यक्तिहरु गम्भीर रहेका छन्।

अमेरिकामा सबैभन्दा बढी प्रभावित न्युयोर्क रहेको छ। न्युयोर्कमा २० हजार बढीको मृत्यु कोरोनाबाट भएको छ भने २ लाख ६८ हजार बढी संक्रमित रहेका छन्।

त्यस्तै न्युजर्सीमा १ लाख संक्रमित रहेका छन् भने ५४ सय बढीको मृत्यु भएको छ। त्यसैगरी इटालीमा बिहीबार ४ सय ६४ जनाको मृत्यु भएको छ। यो सँगै इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ हजार ५ सय ४९ पुगेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।