काठमाडौं । दाङमा एक वडा सचिव मृत भेटिएका छन्।
पश्चिम दाङको बबई गाउँपालिका-१ गंगटेका वडा सचिव हरिप्रसाद पन्थी मृत भेटिएका हुन्। पन्थी कार्यालयमै झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
वडा कार्यालयमै बस्दै आएका पन्थी बिहीबार बिहान ८ बजेतिर झुन्डिएको भनिए पनि प्रहरीले दुई घन्टापछि जानकारी पाएको थियो।
३६ वर्षीय पन्थी कपिलबस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. ४ का बासिन्दा हुन्। उनले दुई महिनाअघि मात्रै वडा सचिवमा नाम निकालेको बताइएको छ। सचिवमा नाम निकालेपछि पन्थी गंगटेमा पोस्टिङ भएका थिए।
Comment