सत्ताबाटै ‘सांसद अपहरण’ घटनामा तरुण दलको निन्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल तरुण दलले आम नेपालीहरु लोकतन्त्र स्थापनाको पवित्र दिवस मनाइरहँदा सरकारले भने लोकतन्त्रका मूल्य मान्यताको हत्या गर्न खोजेको भन्दै निन्दा गरेको छ । 

तरुण दलका सभापति जितजंग बस्नेतले लोकतन्त्रका मूल्य मान्यता माथि नै धावा बोल्दै लोकतन्त्रका सुन्दर गहना, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्रपूर्वक जीवनयापन गर्न पाउने अधिकार माथि सरकारले कुठाराघात गरिरहेको आरोप लगाएका छन् ।

एक विज्ञप्ति जारी गर्दै बस्नेतले पूर्व सचिव भीम उपाध्यायलाई पक्राउ तथा सांसद अपहरण गरेको घटनामा सरकारको चर्को आलोचना गरेका छन् ।

उनले यस्ता हर्कत त्याग्न र पूर्वसचिव उपाध्यायको निसर्त रिहाइको माग गरेका छन् । अन्यथा जस्तोसुकै आन्दोलनको लागि समेत आफूहरु तयार रहेको बस्नेतको चेतावनी छ ।

‘सरकारका कुकृत्यको विरोध गरेर सामाजिक सञ्जालमा आफ्ना अभिव्यक्ति राखेका कारण हिजो मात्र नेपाल सरकार पूर्व सचिव इन्जिनियर भीम उपाध्यायलाई पक्राउ गरिएको छ भने विपक्षी पार्टीका केही सांसदलाई अपहरणको शैलीमा होटल भित्र बन्धक बनाईएको भन्ने सुन्नमा आएको छ । सबैको अभिभावक र रक्षक बन्नु पर्ने सरकार आफै यस्ता घृणित कार्यमा लाग्नु निन्दनीय छ । सरकारका यस्ता निच कार्यको घोर भर्सना गर्दछौँ । झुटा आरोप लागाई पक्राउ गरिएका भीम उपाध्यायलाई तत्काउ बिना सर्त रिहा गर्नका लागी जोडदार माग गर्दछौँ साथै आगामी दिनमा यस्ता लोकतन्त्र विरोधी गतिविधि नरोकिए लोकतन्त्र रक्षाका लागि नेपाल तरुण दल जस्तो सुकै आन्दोलन गर्न तयार रहेको कुरा जानकारी गराउछौँ’, बस्नेतले जारी गरेको विज्ञिप्तमा उल्लेख छ ।

साथै बस्नेतले विज्ञप्तिमार्फत लोकतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाललीलाई शुभकामना दिएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।