भारतमा एकै दिन थपिए १२ सय ९० नयाँ कोरोना संक्रमित, संक्रमितको संख्या २१ हजार ३ सय ७० नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा एकैदिन १२ सय ९० जना जना कोरोना संक्रमित थपिएका छन् ।

बुधबार एकैदिन १२ सय ९० जना संक्रमित भएको वर्ल्डोमिटरको तथ्यांकमा उल्लेख छ। यो सँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१ हजार ३ सय ७० पुगेको छ।

त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ८१ पुगेको छ। बुधबारमात्रै ३६ जनाको मृत्यु भएको थियो।

भारतमा सबैभन्दा धेरै प्रभावित राज्य महाराष्ट्र बनेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।