एनसेलले ल्यायो शुन्य ब्यालेन्समा पनि कल गर्ने सुविधा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले प्रिपेड ग्राहकले मोबाइल ब्यालेन्स शुन्य हुँदा पनि कुराकानी गर्न सकिने सुविधा ल्याएको छ।

कम्पनीका अनुसार भ्वाइस, डेटा र एसएमएस सेवा बण्डल गरिएको प्याक पहिला प्रयोग गरी त्यसको शुल्क पाँच रुपैयाँ पछि तिर्न सक्नेछन्। कोरोना भाइरस रोगको महामारीले ल्याएको विपद्को परिस्थितीलाई मध्यनजर गर्दै कम्पनीले शुक्रबारदेखि यो प्याक उपलब्ध गराउँदै आएको छ।

यो योजनामा पाँच रुपैयाँमा २५० एमबी डेटा, २५ मिनेट अन नेट भ्वाइस कल र २५ वटा अन नेट एसएमएससहितको बण्डल गरिएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार मुख्य ब्यालेन्स शुन्य भएका र पाँच रुपैयाँ भन्दा कम भएका ग्राहकले पछि शुल्क तिर्ने गरि प्याक संचालनमा ल्याउन सक्नेछन्।

लकडाउनका कारण ब्यालेन्स रिचार्जमा कठिनाइ भोगेकालाई लक्षित गर्दै यो सेवा ल्याएको कम्पनीले जनाएको छ। लकडाउन शुरु भएपछि भ्वाइस, डेटा र एसएमएस लगायत कुनै पनि सेवा प्रयोग नगरेका र मेन ब्यालेन्स पाँच रुपैयाँ भन्दा कम भएका ३६ लाख प्रिपेड ग्राहक लाभान्वित हुने कम्पनीले जनाएको छ।

योजनामा प्राप्त डेटा, भ्वाइस तथा एसएमएस ग्राहकले हरेक दिन राति ९ बजे देखि अर्को दिनको विहान ९ बजे सम्म प्रयोग गर्न सक्छन् कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो सेवा सात दिनका लागि मात्रै मान्य हुनेछ।

विगत दुई महिनादेखि एनसेलको सिम प्रयोग गरिरहेका, मेन ब्यालेन्स पाँच रुपैयाँ भन्दा कम भएका र एक महिना देखि मोबाइलमा कुनै पनि सेवाप्रयोग नगरेका प्रिपेड ग्राहकले मात्रै यो सेवा सुचारु गर्न पाउने कम्पनीले जनाएको छ।

ग्राहकले एस्ट्रिक्स ९९८८ एस्ट्रिक्स ५५ ह्यास वा एस्ट्रिक्स ९९८८ ह्यास डायल गरी यो सेवा लिन सक्ने कम्पनीले जनाएको छ। ग्राहकले आफ्नो मेन ब्यालेन्स रिचार्ज गरेपछि प्याकको तोकिएको शुल्क स्वत: काटिने कम्पनीले जनाएको छ।

कम्पनीले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै स्टे होम डेटा प्याकको समय सीमा ७ दिनबाट बढाई १० दिन पुर्याएको छ। ग्राहकले १५ जिबीको स्टे होम डेटा प्याक २ सय ९३ रुपैयाँ ६९ पैसामा मा सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।