म्यानमारमा डब्लूएचओका एक चालकको गोलि हानि हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्यान्मार । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का एक चालक म्यानमारमा मारिएका छन्। 

सोमबार कोरोना भाइरस (कोभिड–१९) को नमुना संकलन गर्दै हिँडिरहेका प्यइ सोन विन मउङ नाम गरेका चालकको गोली लागेर मृत्यु भएको हो।

म्यान्मारको द्वन्द्वग्रस्त क्षेत्र राखीनी राज्यमा संयुक्त राष्ट्रसंघ अंकित गाडी चलाइरहेका बेला उनलाई गोली लागेको हो। त्यस क्षेत्रमा पछिल्लो साता सशस्त्र जातीय समूह आरकनको सेना र सरकारी सेनाबीच तनाव सिर्जना भएको बीबीसीले उल्लेख गरेको छ।

दुबै पक्षले डब्लूएचओका चालक मारिनुको दोष एक अर्कालाई लगाइरहेका छन्। तर ती दुबै पक्षले त्यसमा आफ्नो संलग्नता नरहेको बताएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।