रामेछाप । लकडाउनका कारण घर जान नपाएर काठमाडौंमा अलपत्र परेकाहरुलाई बोकेर दाेलखा हिडेको बस रामेछापमा पल्टिएको छ।
काठमाडौंबाट दोलखा जाँदै गरेको बा २ ख ६८१८ नम्बरको बस रामेछापको मन्थली नगरपालिका–६ कुनौरीमा दुर्घटना भएको हो । दुर्घटनामा २८ जना घाइते भएका छन् ।
घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको तामाकोसी अस्पताल रामेछापले जनाएको छ । गम्भीर घाइते दुई जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको तामाकोसी अस्पतालका डा. केशब धामीले जानकारी दिए ।
दोलखाको जफे जादै गरेको बस रामेछापको कुनौरीको मोडमा घुमाउने क्रममा सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।
३९ जना यात्रु बोकेर आएको सो बस कुनै पनि यातायात कम्पनीमा दर्ता नरहेको प्रहरीले जनाएको छ ।
Comment