थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४१ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा थप  ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ८ जना र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ जना गरी ९ जनामा कोरोना पोजेटिभ देखिएको हो।

मंगलबार दिउसो पनि एक जनामा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो। योसँगै मंगलबार नेपालमा १० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मंगलबार थपिएका १० जनासहित नेपालमा ४१ जनामा कोरोना संक्रमण भेटिएको छ। यी मध्ये ४ जना उपचारपछि निको भइसकेका छन्।

धरानमा परीक्षण गरिएका ९ जना पनि उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा बसेका व्यक्तिहरु हुन्।

उनीहरुको सुरुमा विराटनगरस्थित कोशी अस्पतालमा प्रयोगशाला परीक्षण गरिएको थियो। त्यहाँ पोजेटिभ आएपछि थप परीक्षणका लागि बिपी प्रतिष्ठानमा पठाइएको थियो। प्रतिष्ठानमा पनि उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।