नेपालमा थप एकजानामा कोरोना संक्रमण पुष्ठि , संक्रमितको संख्या ३२ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उदयपुरका थप एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

मंगलबार स्वास्थ्य मन्त्रालयले थप एकजनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो।

योसँगै संक्रमित हुनेको संख्या ३२ पुगेको छ।

उदयपुरका अरू ८ जनाको स्वाब विराटनगरमा परीक्षण गर्दा  उनीहरूमा पनि कोरोनाको संक्रमण देखिएको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अुनसार ती ८ जनाको स्वाब पुन: परीक्षण गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। 

ती ८ जनालाई उपचारका लागि उदयपुरबाट धरान पठाइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।