चीनबाट मेडिकल सामग्री ल्याउन सेनाले गर्‍यो एक करोड ८४ लाख डलरमा सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि  सम्झौता गरेको छ । नेपाली सेनाले चीनबाट पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट लगायतको स्वास्थ्य सामग्री ल्याउनको लागि एक करोड ८४ लाख ४१ हजार ७ सय ६ डलरमा  सम्झौता गरेको हो । 

सेनाले जि.टु.जी प्रक्रियाबाट स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न लागेको हो। सोही सम्झौता अनुरूप चीनबाट तीन सय ४२ टन स्वास्थ्य सामग्री ल्याइने सैनिक स्रोतले जनाकारी दिएको छ । स्वास्थ्य सामाग्री हवाई र स्थलमार्गबाट ल्याइनेछ ।

सातदेखि दस दिनमा पहिलो चरणको सामग्री आइपुग्ने छ । चीनले दिने सबै सामग्री व्यापारिक सहर ग्वान्जाओ ल्याइदिनेछ। त्यहाँबाट नेपाल सरकारले ल्याउनेछ। ओम्नी विजनेश कर्पोरेसन इन्टरनेश्नलसँग भएको सम्झौता विवादमा आएपछि सरकारले १६ चैतमा स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।