नुवाकोट । त्रिशूली अस्पताल नुवाकोटमा कोरोना संक्रमितको परीक्षण तथा स्वाब संकलन सहज गर्न पिपि बुथ हस्तान्तरण गरिएको छ ।
काठमाडौं चन्द्रागिरी नगरपालिका १, दहचोकमा रहेको केनान्स युपिभिसी फेब्रिकेशन प्रालिले तयार गरि सहयोग स्वरुप पठाएको पिपि बुथ बिदुर नगर पालिकाका प्रमुख सन्जु पन्डितले अस्पताल बिकास समितिका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिटेन्डन रेमकुमार राईलाइ एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको सहयोगी कम्पनीका चेयरम्यान उनिल श्रेष्ठले बताए ।
महावीर पुन राष्ट्रिय अनुसन्धान केन्द्रको प्रविधिक सहयोगमा कम्पनीले उक्त पिपि बुथ बनाएको हो । चेयरम्यान श्रेष्ठका अनुसार देश भरिका स्वास्थ्य केन्द्रहरुमा यस्तो पिपि बुथ सहुलियत दरमा आपूर्ती गरिने योजना रहेकोछ । कम्पनीले छिट्टै अर्को महत्त्वपूर्ण सुरक्षा उपकरण सेनिटाईज टनेल समेत बनाउने तयारीमा रहेको जानकारी गराए ।
स्वास्थ्यकर्मीहरुमा संक्रमण हुन सक्ने भयले काम गर्न कठिनाइ भै रहेको अवस्थामा पिपि बुथ प्राप्त हुनु अत्यन्तै महत्त्वपूर्ण छ, यसले स्वास्थ्यकर्मीमा काम गर्न आत्मवल समेत बढ्ने त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष न्यौपानेले बताए । नुवाकोट सरोकार समाजको पहलमा उक्त पिपि बुथ तयार गरि नुवाकोट अस्पतालमा पठाईएको हो ।
Comment