नेपालमा थप ८ जनामा कोरोना भाइरस संक्रमणको आशंका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी । उदयपुरको भुल्केस्थित एक मस्जिदमा कोरोना भाइरसको संक्रमणको आशंकामा ६८ जनाको पीसीआर परीक्षण गर्दा   ८ जनामा पोजेटिभ देखिएको छ ।

यसअघि त्रियुगा नगरपालिकामा रहेका १३ जनामा परीक्षण गर्दा कोरोना देखिएपछि उनीहरुसँग सम्पर्कमा आएका ६८ जनाको परीक्षण गरिएको थियो। जसमध्येका ८ जनामा कोरोना पोजेटिभ देखिएको हो।

तर,पोजेटिभ देखिएका नमूनालाई थप परीक्षण गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

नेपालमा अहिलेसम्म ३१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये ४ जना उपचारपछि घर फर्किसकेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।