मौसम पूर्वानुमान : देशभर हावाहुरी र केहि ठाउमा चट्याङको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज नेपालमा स्थानीय वायुको  प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ।

महाशाखाले हाल देशको अधिकांश स्थानमा सामान्य  बदली भइरहेको र  केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा भइरहेको जनाएको छ । यसैगरी, महाशाखाले दिउँसो देशभर आंशिकदेखि सामान्य  बदली रहि केहि स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरेको छ ।

पूर्वानुमानमा उल्लेख भएअनुसार  देशभर आंशिकदेखि सामान्य  बदली  रहि थोरै स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।