बिश्वभर कोरोना संक्रमितको संख्या २५ लाख नाघ्यो, हालसम्म मृत्यु हुनेको संख्या १ लाख ७० हजार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघेको छ । तथ्याङ्कअनुसार सोमबारसम्म कोरोना कारण विश्वमा १ लाख ७० हजार ४ सय २३ जनाको मृत्यु भएको छ।

संक्रमितमध्ये हालसम्म ६ लाख ४६ हजार ६ सय ७५ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्।

अहिले विश्वमा उपचारत कोरोना भाइरस संक्रमितको संख्या १६ लाख ६३ हजार ९ सय २८ रहेको छ। उपचारतमध्ये ५६ हजार ७ सय ६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको भने १६ लाख ७ हजार १ सय ६३ जनाको अवस्था सामान्य छ।

त्यस्तै संक्रमितको संख्या २५ लाख नजिक पुगेको छ । विश्वका २४ लाख ८१ हजार ०२६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देशमा अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स, बेलायत, टर्की, इरान, चीन, रुस, ब्राजिल, बेल्जियम, क्यानाडा, नेदरल्याण्ड्स, स्वीट्जरल्याण्ड,पोर्चुग र भारत रहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।