मनोरञ्जन सम्बन्धि भिन्न कार्यक्रम ‘फाइभ के मोसन’ बाट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्न देश विगत तीनसाता भन्दा लामोसमयदेखि लकडाउनमा छ । यो लकडाउन सरकारले अझै केहीसाता लम्ब्याएको छ । 

यस समयमा मानिसको लागि  मनोरञ्जन र टाइमपासका लागि सबैभन्दा उपयुक्त माध्यम मनोरञ्जन नै हुने गरेको छ ।  

मनोरञ्जन दिनको लागि लामो समयदेखि सूचना प्रविधिको क्षेत्रमा राम्रो दंखल बनाएका युवा गायक मिराज अर्यालले नया पनको कार्यक्रम ल्याएका छन् । 

युवटुव च्यानल फाइभ के मोसन मार्फत फरक पनको कार्यक्रम प्रशारण हुनेछ । यसमो पुराना तथा नयाँ स्रष्टाहरुको गीत संगितको बारेमा जानाकारी दिईने तथा पाठक वर्गहरुले पठाउने भएको प्रतिक्रियालाई प्रशारण गरिनेछ । 

छायांकन र सम्पादनमा आफुलाई स्थापित गर्दै आएका मिराजले यस अघि विभिन्न कभर सड, परदेशी पीडालाई उठान गरेर दशैं तिहार गीत “सानी” जस्ता गीत सार्वजनिक गरि सकेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।