राष्ट्रपतिले जारी गरिन् मन्त्रिपरिषदले पारित गरेका दुई अध्यादेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् ।

सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राजनीतिक दल सम्बन्धी अध्यादेश र संवैधानिक परिषद सम्बन्धी पहिलो संशोधन अध्यादेश सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्ले पारित गरेका राजनीतिक दल विभाजन र संविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले आजै साँझ पारित गरेकी हुन्।

यसअघि दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा कम्तिमा ४० प्रतिशत बहुमत हुनुपर्ने कानुनी प्रावधान हटाएर दुईमध्ये एकमा बहुमत भए पुग्ने व्यवस्थासहित  अध्यादेश जारी गर्ने निर्णय गरेको थियो। त्यस्तै संवैधानिक परिषदको बैठकमा गणपूरक संख्या  पाँच जनाबाट चार जनामा झार्ने अध्यादेश पनि मन्त्रिपरिषद्ले पारित गरेको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।