प्रधानमन्त्रीले एकाएक किन ल्याए राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले मन्त्रिपरिषदको बैठकबाट राजनीतिक दलसम्बन्धी विद्यमान कानून संशोधन गर्न अध्यादेश पास गराएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकबाट उनले अध्यादेश पास गरी राष्ट्रपति समक्ष पठाइएको बुझिएको छ ।

जानकारी अनुसार सो अध्यादेश राष्ट्रपति विधादेवी भण्डारीले आजै जारी गर्ने सम्भावना रहेकाे छ ।

किन ल्याए अध्यादेश ?

स्रोतले जनाएअनुसार आफूलाई सत्ताबाट हटाउने आशंका बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे पार्टी फुटाउन आफूलाई सजिलो हुने गरी अध्यादेश पास गराएका हुन् ।

जनाइएअनुसार मन्त्रिपरिषदमा यो अध्यादेशको पूर्वमाओवादी खेमाका मन्त्रीले बाहेक अरू मन्त्रीले मौन समर्थन जनाएका थिए । प्रधानमन्त्री ओलीको प्रस्तावमा ऊर्जामन्त्री वर्षमान पुन र कृषिमन्त्री घनश्याम भुसालले तत्कालै फरक मत जाहेर गरेका थिए । प्रस्तावमाथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि असन्तुष्टी जनाएका थिए ।

वर्तमान कानुनअनुसार राजनीतिक दल विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत पुर्याउनुपर्ने व्यवस्था छ । प्रधानमन्त्रीले त्यहि व्यवस्थालाई संशोधन गरेर केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत भए पुग्नेगरी अध्यादेश ल्याएका हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।