काठमाडौं । कोरोनाका कारण यस पटक मातातिर्थमा मेला नलाग्ने भएको छ । मातातिर्थ औंसीका दिन काठमाडौंको मातातिर्थ कुण्डमा मेला लाग्ने गरेको थियो ।
कोरोना महामारीका कारण मेला स्थगित गरिएको मातातिर्थ संरक्षण तथा विकास समितिले घोषणा गरेको छ ।
समितिका अध्यक्ष शान्त उदासका अनुसार पौराणिक कालदेखि मातातिर्थ औंसीका दिन मेला लाग्दै आएकोमा पहिलो पटक रोकिएको हो ।
मातातिर्थ औंसी बैशाख ११ गते परेको छ ।
Comment