नेपालका २१ वर्षीय चौथो कोरोना संक्रमित युवा निको भएर घर फर्किए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सेती प्रादेशिक अस्पतालमा रहेका कोरोना संक्रमित लम्की चुहाका २१ वर्षीय युवा निको भएर घर फर्किएका छन् ।

१६ दिनअघि सेती प्रादेशीक अस्पताल भर्ना भएका युवकको आइतबार डिस्चार्ज हुँदैछ ।कोरोना देखिएको १६ दिनमै उनी डिस्चार्ज हुन लागेका हुन्।

उनलाई आज डिस्चार्ज गर्ने तयारी भइरहेको स्वास्थ तथा जनसंख्या मन्त्रालका महाशाखा  प्रमुख डाक्टर विकाश देवकोटाले  जानकारी दिएका छन ।

उनी अस्पतालमा भर्ना भएपछिको पहिलो रिपोर्ट नेगेटिभ आएको थियो । तर लगत्तै दोस्रो रिपोर्ट पोजेटिभ आइपछि उनको अस्पताल बसाइ लम्बिने बताइएको थियो । उनी स्थलमार्गबाट भारतदेखि आएका थिए । अस्पताल बसाइभरि नै उनको स्वास्थ्य अवस्था सामान्य रहेको थियो । साथै   सेती  प्रादेशिक अस्पतालमा रहेका अन्य ४ जनाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको सेती  प्रादेशिक अस्पतालले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।