लकडाउनमा यस्ता सवारी साधनलाई पास नचाहिने, ई-पास लिन घर छोड्नु नपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लकडाउनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि उपलब्ध गरेको सवारी पासले लकडाउन भर काम गर्ने भएको छ ।

पासका विषयमा थप स्पस्ट पार्दै जिल्ला प्रशाशन कार्यालय काठमाडौंले जनाए अनुसार यसअघि जारी गरिएको पहेलो रंगको सात दिने सवारी पास भएकाले इ पास लिनु नपर्ने जनाएको छ ।

त्यस्तै ई पास सम्बन्धित व्यक्तिको मोबाइलमा म्यासेजको रुपमा घरमै प्राप्त हुने भएका कारण प्रशासनमा आउनु नपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार केही सवारीसाधनलाई भने पासको आवश्यकता पर्दैन । ‘एम्बुलेन्स, खाध्यान्न, खानेपानी, स्वास्थ्यकर्मी, औषधी पेट्रोलियम पदार्थ, चल्ला, दाना लगायत बोक्ने सवारिहरूलाई पास चाहिदैन’, आचार्यले भने, अकस्मात आउने स्वास्थ्यमा खराबी र नियमित औषधी सेवन गर्नुपर्ने डायलाइसिस जस्तो संवेदनशिल बिरामीहरूलाई अस्पताल जानुपर्ने भए महानगरपालिकाले व्यवस्था गरेको निशुल्क एम्बुलेन्स प्रयोग गर्न अपिल गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।