नेपालमा एकै दिन १४ जनामा कोरोना संक्रमणको पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा एकैदिन १४ जनमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ। शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना पोजेटिभ भेटिएको हो।

मन्त्रालयद्वारा जारी विवरण अनुसार उदयपुर जिल्लामा १२ जना पुरुष र चितवनमा एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको हो।

उदयपुर जिल्लामा संक्रमित हुने पुरुषहरु ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका छन्। भने चितवन जिल्लामा २७ वर्षीय पुरुष र ६३ वर्षीय महिलामा संक्रमण देखिएको हो।

चितवनको राप्ती नगरपालिकाका एकै परिवारका दुई सदस्यमा कोरोना पोजेटिभ देखिएको छ। उनीहरू बेलायतबाट हङकङ हुँदै नेपाल आएका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।