राष्ट्रपति कार्यालयले सरकारलाई फिर्ता गर्‍यो ९ करोड ५० लाख बजेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति कार्यालयले सरकारलाई ९ करोड ५० लाख बजेट फिर्ता गरेको छ ।

राष्ट्रपति कार्यालयले खर्च कटौती गरेर आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय संचित कोषमा जम्मा गरेको हो ।

राष्ट्रिय कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्ती अनुसार कोरोना भाइरसका कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षक अन्तरगत विनियोजित बजेटबाट यो रकम संचित कोषमा जम्मा गरिएको जानकारी दिए ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दुई महिनाको पारिश्रमिक दिने निर्णय गरिसकेकी छिन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।