काठमाडौं । काठमाडौं उपत्यकाभित्रका केही स्थानका भाटभटेनी सुपरमार्केट शुक्रबारबाट खुलेका छन् ।
लकडाउन भएसँगै बन्द रहेको भाटभटेनी सुपरमार्केटले उपत्यकाका विभिन्न ६ वटा स्टोर शुक्रबारबाट खुला गर्ने निर्णय गरेको छ ।
भाटभटेनी सुपरमार्केटले ग्राहकको गुणस्तरीय दैनिक उपभोग्य बस्तु खरिद गर्ने चाहनालाई मध्यनजर गर्दै शुक्रबारदेखि काठमाडौं उपत्यकाका कलंकी, महाराजगन्ज, नक्साल, पुरानो भाटभटेनी, भक्तपुर र पुल्चोकको स्टोर खुला गर्ने निर्णय गरेको हो ।
बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म स्टोर खुल्नेछ। एक पटकमा स्टोरभित्र १० जनालाई मात्रै प्रवेश दिइने छ।
Comment