असिना पानीका कारण लाखौं मुल्य वरावरको तरकारीवाली नस्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। काठमाडौं लगायत देशका विभिन्न भागमा खण्डबृष्टी सहित परेको असिना पानीले किसानहरुको खेतीमा व्यापक क्षती पुर्‍याएको छ। केहि दिनदेखि पोखरा काठमाडौं लगायतका ठाउँमा असिना पानी परिरहेको छ।

काठमाडौंमा बिहिवार असिना पानी परेको छ। किसानहरुको वाहुल्य रहेको टोखा क्षेत्रमा खण्डबृष्टी सहित परेको असिना पानीले किसानहरुको बालीमा व्यापक क्षती पुर्‍याएको छ। 

हावाहुरी सहित आएको असिना पानीले व्यवसायिक खेती गरेकाहरुको टनेल समेतमा क्षती पुर्‍याउँदा बालीनालीमा समेत असर परेको छ। विहिवार विहान ९ बजे तिर परेको हावाहुरी सहितको असिना पानीले टोखा ३ सायंको लक्ष्मी एकिकृत कृषि व्यबसाय प्रालिको करिब ३५ रोपनीमा लगाइएको तरकारी खेतीमा क्षती पुगेको संचालक कृष्णमान श्रेष्ठले जानकारी दिए। हावाहुी र असिना पानीले २० लाख भन्दा बढी क्षति पुर्याएको श्रेष्ठले बताए। उनले त्यहाँ ५० रोपानीमा व्यवसायिक खेती गर्दै आएका छन्।  

श्रेष्ठले आफ्नो जस्तै छोखा क्षेत्रमा व्यवसायकि र करेसा वारीमा खेती गर्नेहरु अधिकांशको तरकारी र फलफूलमा क्षती पुगेको बताए। कोरोनाले किसानहरु पिडित बनेको बेलामा प्रकृतीले पनि किसानहरुलाई पिडित बनाएको भन्दै श्रेष्ठले दुखेसो पोखे। 

वर्षैपिच्छे हावाहुरी,असिना,बिचौलिया,श्रमिक समस्या,रोग,किरा,उच्च बैङ्क ब्याजदर,वजार अभाव लगायतका समस्याबाट किसानहरु मारमा परिरहँदा सरकारले किसानहरुको हितमा कार्यक्रम ल्याउन नसकेो समेत श्रेष्ठले बताए। 

किसान र दुखीहरुको पनि सरकार हो भने किसानहरुलाई गरिखाने वातावरण देउ होइन भने मारिदेउ भन्दै सरकारप्रति आक्रोश पोखेका श्रेष्ठले भने, ‘गरि खान्छु भन्ने श्रमजीवी किसान मरे मरोस।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।