सुत्केरीलाई गोदावरीमा गुुँदपाक वितरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । गोदावरी नगरपालिकाले सुत्केरी मसला स्वरुप गुत्पाक वितरण गरेको छ । कोभिड–१९ का कारण हाल मुलुक लकडाउनमा परेका बेला सुत्केरीलाई तागत पुर्‍याउन नगरपालिकाले गुँदपाक वितरण गरेको हो । 

 गोदावरीमा प्रतिसुत्केरी आधा किलो गुँदपाकसहित अन्य राहत सामग्री पनि वितरण गरिएको नगरपालिका उपप्रमुख मुना अधिकारीले बताए । उनले भने, ‘हामीले बच्चा पाएर ६ महिनामा हिँडिरहेका महिलालाई समेत सुत्केरी मसलाका रुपमा गुँदपाक वितरण गरिरहेका छाैँ ।’ 

बन्दाबन्दीका बेला दूधेबालकको आमाका शरीरमा तागत चाहिन्छ भनेर यस कामलाई अघि बढाइएको अधिकारीले जानकारी दिए । 

नगरपालिकाबाट पाँच सय ५३ महिलाले सुत्केरी मसलाका रुपमा गुँदपाक लिइसकेको प्रवक्ता मिलन सिलवालले बताए । उनले भने, ‘हामीले तीन किसिमको नियम बनाएर नगरपालिकामा अतिविपन्न, मजदूर, अपाङ्गता भएका र  अशक्त आदिलाई राहत वितरण गरिरहेका छौँ । गोदावरीका सुत्केरी महिलालाई समेत छुट्टै एक भाग राहत वितरण गरियो ।’ 

गोदावरीले दुई जनाको परिवार, दुईभन्दा माथिको परिवार र चार जनामाथिको परिवारलाई प्रतिपरिवार क्रमशः पाँच, १० र १५ किलो चामल, आधा, एक र डेढ लिटर तेल र चिउरा, एकएक पोका नुन तथा दुई-दुई  साबुन वितरण गरिरहेको सिलवालले बताए ।  

गोदावरीमा करीब दश हजार व्यक्ति तथा परिवारलाई राहत वितरण गरिने बताइएको छ । –रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।