डाक्टर कुट्ने डिएसपीलाई जिम्मेवारीबाट हटाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिवि शिक्षण र कान्ति बाल अस्पतालका डाक्टरहरूमाथि कुटपिट गर्नेलाई जिम्मेवारीबाट हटाइएको छ।

महानगरीय प्रहरी वृत महाराजगञ्जका डीएसपी उमेश लम्साललाई वृतको प्रमुखबाट हटाइएको हो । ड्युटी सकेर फर्कंदै गर्दा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालका डाक्टरमाथि कुटपिट गरेको आरोप लागेको थियो । 

उनलाई महानगरीय प्रहरी कार्यालयमा तानिएको छ ।  हिजो साँझ ड्युटी सकेर घर फर्किंने क्रममा महानगरीय प्रहरी वृत्त महाजगञ्जका प्रहरीले शिक्षण अस्पतालका डा. शम्भु खनाल, तेजप्रकाश साह र कान्तिका डा. विकास साहमाथि कुटपिट गरेको आरोप प्रहरीमाथि छ ।

प्रहरीले बुधबार राति डाक्टरहरूमाथि भएको कुटपिटको घटनामा दुस्ख व्यक्त गर्दै अब यस्ता घटना नदोहोरिने प्रतिवद्धता पनि व्यक्त गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।