मौसम पूर्वानुमान : मेघ गर्जन सहित वर्षा, चट्याङको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीनदिन देशमा स्थानीय वायुको प्रभाव सँगसँगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।

बिहिबार बिहानैदेखि मौसम बदलीको कारण हावाहुरी आउने र चट्याङ पर्ने सम्भावना रहेकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेको छ।

महाशाखाको अनुसार यतिबेला काठमाडौं उपत्यकाका केही ठाउँमा मेघगर्जन सुरु भइसेको छ।

विशेषगरी देशका पूर्वी र मध्य क्षेत्रका केही स्थान र पश्चिमका थोरै स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान :- 

बैशाख ४ गते (बिहीबार)

दिउँसो- देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

राति- देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ५ गते (शुक्रबार)

दिउँसो- देशभर सामान्यतया बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

राति- देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ६ गते (शनिबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

राति- देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिम भू-भागमा आंशिक बदली रहनेछ। देशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।