सनसिटी अपार्टमेन्टमा कोरोना आशंका गरिएकी महिलाको दोस्रो रिपोर्ट पनि नेगेटिभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सनसिटी अपार्टमेन्टमा कोरोना आशंका गरिएकी महिलाको दोस्रो परीक्षण नतिजा पनि नेगेटिभ आएको छ । सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोना संक्रमित परिवारका अर्का एक सदस्यको भने कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको हो ।

बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पिसिआर प्रविधिबाट पुनः परीक्षण गर्दा महिलाको नतिजा नेगेटिभ आएको जानकारी दिए।

र्‍यापिड टेस्ट गर्दा परिवारका तीनै जना सदस्यमा पोजेटिभ देखिएपछि उनीहरूलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

मंगलबार तीनमध्ये दुईजनाको कोरोना पोजेटिभ देखिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।