काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले आगामी बैशाख १५ गतेसम्मको लागि सेयर कारोबार बन्द गर्ने जनाएको छ ।
नेप्सेले यस अघि लकडाउन अवधिभर अर्थात् बैशाख ३ गतेसम्म शेयर कारोबार बन्द गर्ने निर्णय गरेको थियो । तर सरकारले १२ दिनको लागि लकडाउनको अवधि थप गरेसंगे नेप्सेले पनि कारोबार बन्द हुने अवधि बढाएको हो ।
हेर्नुस नेप्सेको सूचना :
Comment