‘मर्निङ-इभिनिङ वाकमा ननिस्कौँ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै थप सतर्कता अपनाउन आवश्यक रहेको महसुस गरी नगरपालिकाले नागरवासीलाई दैनिक बिहान हिँड्ने मर्निङ वाक र साँझमा हिँड्ने इभिनिङ वाक तत्काल रोक्न अनुरोध गरेको हो ।

अत्यावश्यकबाहेकका अन्य काममा घरबाहिर ननिस्कन पटक–पटक अनुरोध गरे पनि नरोकिएको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले गुनासो गरे।

उनले भने, “हामीले धेरैपटक नगरवासीलाई मर्निङ वाक र इभिनिङ वाक नहिँड्न अनुरोध गरे पनि यो क्रम रोकिएको छैन । नगरवासीको आवतजावत रोक्न टोलटोलका सडक पूर्ण बन्द गरौँ भने पनि कसैलाई तत्काल केही पो पर्छ कि भन्ने डर पनि रहेको छ ।”

नगरपालिकाको टोलटोलमा अपरिचित व्यक्तिलाई आउन निषेध गर्नसमेत आवश्यक रहेको श्रेष्ठले बताए ।रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।