कोरोना संक्रमण भएको डरले एक नेपालीले मुम्बईमा गरे आत्महत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको मुम्बईमा कोरोना भाइरस संक्रमणको डरले एक जना ४० वर्षीय नेपालीले आत्महत्या गरेका छन्।

स्थानीय मिडिया मुम्बई मिररले उल्लेख गरे अनुसार रुघा लाग्नुका साथै ज्वरो पनि आएको देखिएपछि आत्महत्या गरेको हुन् । आत्महत्या गर्ने व्यक्ति एक ट्राभल एण्ड टुर्स कम्पनीमा कार्यरत थिए।

मुम्बई मिररका अनुसार आइतबार विहान ६ बजे भाइ आफूले चलाउने गाडी सफा गर्न गएका थिए। उनी ८ बजेतिर कोठामा फर्केका थिए। ढोका ढकढक गर्दा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि भाइले ढोकोको प्वालबाट भित्र हेर्दा दाई डोरीमा झुण्डिरहेका थिए। त्यसपछि भाइले तत्कालै प्रहरीलाई खबर गरेका थिए।

आत्महत्या गर्ने नेपालीको पोष्टमार्टम रिपोर्ट आइसकेको छ। सियोन अस्पतालका प्रमुख डा। राजेश डेरीेले मृत्युको कारण ‘झुण्डिनु’ रहेको मुम्बई मिररलाई बताएका छन्।

घटना हुनु दुई(तीन दिन अघिदेखि दाइ रुघा र ज्वरोबाट ग्रस्त बनेको भाइले प्रहरीलाई बताएका थिए। दाइले आफूलाई कोरोना भाइरस संक्रमण भएको शंका व्यक्त गरेको भाइले प्रहरीलाई बताएका थिए। तर, दाइ स्वास्थ्य परीक्षण गर्न अस्पतालमा नगएको उनले जनाएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।