नेपालमा जन्मिएका जुम्ल्याहा, नाम राखियो कोरोना र भाइरस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीले जुम्ल्याहा शिशु जन्माएकी छिन् । 

कोरोना प्रकोपका समयमा जन्मिएका उनीहरुको नाम कोरोना र भाइरस राखिएको छ ।

विश्वभरका अधिकांश राष्ट्रमा कोरोना फैलिएको र नेपालमा पनि यसको संक्रमणको त्रासका समयमा जन्मिएकाले तिनको नाम सोहीसँग मिल्दो राखिएको  अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् । 

   अनमी बोहराका अनुसार पहिले जन्मेकी छोरीको कोरोना र पछि जन्मेको छोराको नाम भाइरस राखिएको छ ।

सो नाम राख्नमा आमा र बुवा हस्तबहादुरले पनि सहमति दिएको जनाइएको छ । जन्मिँदा कोरानाको तौल दुई हजार पाँच सय ग्राम र भाइरसको एक हजार सात सय ग्राम ताैल रहेको अनमी बोहराले जानकारी दिइन् । अहिले जिल्ला अस्पतालको प्रसूतिगृहमा रहेका आमा र शिशुको स्वास्थ्य सामान्य छ ।– रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।