कोरोनालाई जित्न सकियोस,कांग्रेस सभापति शेरबहादुर देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण विरुद्ध एकजुट भएर लड्न आव्हान गरेका छन् ।

नयाँ वर्ष ०७७ सालको उपलक्ष्यमा शुभकामना सन्देश दिँदै उनले कोरोनाविरुद्धको लडाईं जितेरै छाड्ने विश्वास व्यक्त गरेका छन् ।

कोरोनाबाट बच्न लकडाउन नतोड्न आग्रह गर्दै लेखेका छन् – ‘लकडाउनको पालना गर्न, समदुरी कायम गर्दै उच्च सतर्कता अपनाएर संयम र एकताका साथ कार्म गर्न र गराउन म सबैमा आग्रह गर्दछु ।’

नयाँ वर्षमा विश्‍वका लागि अभिशापका रुपमा रहेको कोराना माथि विजय पाउन सफल भइने कामना समेत उनले गरेका छन् । सरकारमा नभएपनि कांग्रेस जिम्मेवार प्रतिपक्षीका रुपमा रहेर कोरोनाको चुनौती सामना गर्न सरकारसँगै रहेको सभापनि देउवाले उल्लेख गरेका छन् ।

कोरोनाविरुद्ध लड्न सरकारलाई विभिन्न सुझाव दिइएको समेत लेखेका छन् । कोरोनालाई जित्न सकियोस् भन्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।