बजारमा ग्यासको अभाव हट्यो, आजबाट भरी सिलिण्डर बिक्री सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले भरी सिलिण्डर ग्यास नै बिक्री सुरु गरेको छ ।

बुधबार बसेको निगम सञ्चालक समितिको बैठकको निर्णय अनुसार निगमले आइतबारबाट(चैत ३० ) देखि भरी १४.२ किलो (पूरै भरिएको) को सिलिण्डर ग्यास बिक्री वितरण सुरु गरेको हो ।

निगमले सबै ग्यास उद्योगहरुलाई बिहीबारदेखि नै भरी सिलिण्डर ग्यास भर्न निर्देशन दिएको थियो ।

बजारमा ग्यासको अभाव सिर्जना भएको भन्दै आयल निगमले चैत १६ गते आइतबार दिउसो १ बजेदेखि आधा (७.१ किलो) को ग्यास सिलिण्डर बिक्री गर्न उद्योगलाई निर्देशन दिएको थियो।

आधा सिलिण्डर ग्यासको बिक्री हुन थालेपछि ग्यासको खपत कम भएको ग्यास बिक्रेताहरुले बताउँदै आएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।