अमेरिकामा कोभिड–१९ को संक्रमणबाट सबैभन्दा बढी मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या अमेरिकामा २० हजार नाघेको छ। यो संख्या इटालीको भन्दा बढी हो।

जोन्स हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार संक्रमितको संख्या पनि अमेरिकामा सबैभन्दा बढी छ। त्यहाँ ५ लाखभन्दा बढी कोरोना संक्रमित छन्।

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १७ लाख ७९ हजार ९९ पुगेको छ । बितेको २४ घण्टाको अवधिमा मात्रै ८० हजार २१८ नयाँ संक्रमित थपिएको छन् । यो हिजोको भन्दा बढी हो ।

त्यस्तै एकैदिन ६ हजार ८३ जनाले ज्यान गुमाएका छन् । उनीहरुसँग अब कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८ हजार ७७० पुगेको छ ।

संक्रमितमध्ये ४ लाख २ हजार ७०९ जना उपचारपछि निको भएर फर्किएका छन् । 

सबैभन्दा बढी चीनमा ७७ हजारभन्दा बढी कोरोनाबाट ठिक भएका छन्। त्यहाँ करिब ८३ हजार संक्रमित भएका थिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।