लकडाउनकै समयमा गाेदावरीकी उपप्रमुख सहित ४१ जनाले गरे रक्तदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर ।  लकडाउनकाे समयमा अस्पतालमा हुने रगतकाे अभावलाई समाधान गर्नका लागि शुक्रबार ललितपुरमा रक्तदान सम्पन्न भएको छ। गोदावरी नगरपालिका वड नं. १० टाहाखेलमा भएको रक्तदानमा गाेदावरी नगरपालिकाकि उपप्रमुख मुना अधिकारी सहित ४१ जनाले रक्तदान गरे । 

नेपाली कांग्रेस ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का क्षेत्रीय कोषाध्यक्ष शेखर न्यौपानेको अग्रसरतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हाे । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण देश पुरै लकडाउन रहेको अवस्थामा पनि विभिन्न अस्पतालमा सेवा लिने विरामीहरुका लागि रगतको अभाव हुन नदिन रक्तदानको व्यवस्थापन गरिएको न्यौपानेले जानकारी गराए । 


नेपाल रेडक्रस सोसाइटी, लाइन्स क्लवको सहयोगमा भएको रक्तदान कार्यक्रममा गोदावरी नगरपालिका वडा नं १० का वडा अध्यक्ष दर्शनकुमार विष्टको समेत सहभागीता रहेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।