निलिमा गुरुड- हालै विश्वलाईलाई नै हल्लाईरहेको कोरोना महामारिको औषधि अहिले सम्म बनेको छैन भन्छन् बिग्य हरु त्यसैले यो रोग बाट बच्ने एक मात्र राम बाण हो सोसियल डिस्टेन्सिङ्ग भन्दै विश्व भरिका हरेक सरकार आफ्नो जनताजनार्दनलाई यहि आग्रह गरिरहेका छ्न र हामी जिम्मेबार नागरिक हरु पनि सोसियल डिस्टेन्सिङ्ग को मुल मन्त्रलाई पालना गर्दै यश महामारिको चेनलाई तोडि फेरी नौलो बिहानिको पर्ख्याईमा छौ।
यहि लक डाउन को समयमा सामाजिक सन्जाल भरी धेरैको गुनासो यहि बुझ्नमा आयो कि कति सुत्ने कति खाने कति मोबाईल चलाउने भन्दै गुनासो पोखी रहेको हालहुल भित्रै भगवत्अनुरागी हरुको लागि यो लकडाउन अमृतमय पल बनिरहेको पनि बुझ्नमा पाईयो। र यसै सन्दर्भमा मेरो सद्गुरुदेबको अमृतमय बाणिलाई समरण गर्दै मनभित्र चलेको भाबको लहर हरुलाई गुरु चरणमा बिसर्जन गर्ने जमर्को गर्दैछु।
यस लक डाउन भित्र पर्नुगयेको महान चाड राम नवमिमा हामी साधक हरुले एकाग्र भयेर रामायण पाठ गर्ने सुअवसर प्राप्त गर्यौ जुन आफैमा अलौकिक दिब्य क्षण थियो। कति ले एकान्तमा लाखौं संख्या मा भगवान नाम जाप गरे त कति ले एकान्त मा महायोह साधना मार्फत आफ्नो चेतना लाई उजागर गरे।
कोहि यश लक डाउनको समय मा राम नाम अक्षरमा उतार्दै छ्न त कति आफ्ना अध्यात्मिक चिन्तनलाई कलम मार्फत पोख्दै छ्न। जब सम्म अाफ्नो दिन भने अनुरुप बिलासी बन्यो तब कुरा भौतिक बिग्यान सङ्ग जोडि रम्ने सान्सारिक मनुवाहरु जब अचानक संकट को बादलले ढाक्नु थाल्छ बल्ल भगवानको चिन्तन गर्ने सद्बुद्दी प्राप्त हुन्छ।
त्यसैले भनियेको होला कि भक्तलाई भगवान पाउन सजिलो छ तर भगवान लाई भक्त पाउन गारो हो। भगवान भन्नू हुन्छ तिमी एक कदम पाईला अगाडि आउ म सात कदम पाइला अगाडि बड्नेछु तर पनि माया मा बशिभुत मनुष्य ले अब पनि नबुझे कहिले बुझ्ने?
शास्त्र ले भनेको छ कि त्रेता युगमा कैयौं बर्ष गरेको तपस्या र द्वापर युग मा गरेको अनेकौं यग्य को फल कलि युगमा एक दिन भगवानको नाम जप्नु बराबर फलदायी भयेको ले महा पुरुष हरु कलि युग लाई स्रेष्ट मान्दछ्न भने अर्को नकारात्मक पक्ष कलिमा जीव लाई कलिको प्रकोप बाट बच्न सहज नभयेको पनि बताउछ्न
किनभने कलिलाई कलियुग मा मनुष्य को मति भ्रष्ट पार्न सक्ने फल महादेब बाट प्राप्त भयेको पनि बुझ्न् सक्छौ। जब भगवान कृष्ण आफ्नो लीला सकि धाम प्रस्थान गर्नुभयो तब द्वापर युगको अन्त्य भै कलि युगको सुरुवात भयेको बुझिन्छ।
एक दिन पराक्रमि राजा परिक्षीत ले धर्म रुपि साढे माथी कलि ले दुव्र्यवहार गरेको देखेर त को होस तेरो म आज अन्त्य गर्छु भनी मार्नु लाग्दा कलिले माफी माग्दै अबको युग उन्को भयेको जान्कारी दियेपछी राजाले कलि लाई बस्न ५ स्थान दिये, मदिरा र धुम्र पान गर्ने स्थान, जुवा खेल्ने स्थान, बेश्या बृत्ती गर्ने स्थान, हिन्शा (अर्थात मान्स भक्षन गर्ने स्थान) र आवस्यक भन्दा बडि धन भयेको स्थान।
भगवान भन्नू हुन्छ कि मैले फुल सङ्ग काँटा बनाये ताकी फुलको सुन्दर्ताको मुल्यलाई बुझुन भनेर त्यस्तै दिन सङ्गै रात पनि बनाये तब त दिन र रातको फरक सम्झे, बीस बनाये तब पो अमृत को महत्व बुझे।
भगवान फेरि भन्नुहुन्छ कि मैले मनुष्य बनाये तर मानव ईतिहास बनाउने मैले उसैको हाथ मा छोडिदिये त्यसैले यो सब कर्मको परिक्षा हो र मैले मनुष्य लाई बुद्दी र बिबेक पनि त दियेको छु। आज भगवान बाट प्राप्त त्यहि बुद्धि र बिबेक को सदुपयोग नहुदा प्रकृति ले मानव जातिलाई कोरोना रुपि महामारिको सजाय दियेकी छिन। र भगवान ले यो पनि भन्नुभयेको छ कि जब मनुष्य बिबेकहिनको पराकाष्ठा मा पुग्दछ तब धर्म को रक्षा गर्न हेतु म फेरि धर्तिमा जन्म लिने छु।
गुरुदेब ले हामिलाई सधै भन्नुहुन्थ्यो जैसे खाये अन्न तो वैसे भये मन त्यसैले असुद्द आहार प्रती सोसियल डिस्टेन्सिङ्ग कायाम राख्ने खबर्दारी गर्नु हुन्थ्यो। सोसियल डिस्टेन्सिङ्ग हरेक ती स्थान हरु सङ्ग राख्न सिकाउनु हुन्थ्यो जहाँ कलि हाबी हुने प्रबल सम्भावना हरु थिये।
त्यो भन्दा पनि अमुल्य उपदेश साधक हरु लाई साधनाको अनुभूति लाई पनि सोसियल डिस्टेन्सिङ्ग मै कायम राख्नु पर्ने खबर्दारी नगराउनु भयेको होईन। गुरुदेबको कृपा स्वरुप आज उनका चेला चेलिका सन्तती हरु सुसन्स्कारी भयेर निस्कियेका छ्न। राइका छोरिइ हरु बेद पाठ गर्छ्न, म जस्तो गुरुङ्ग सम्प्रदायमा हुर्केकी कहिले सन्त महत्व नबुझेकी लाई आज यस्तो महत कृपा भयेको छ अत्मकल्याण को मार्ग मा गतिसिल बन्दै अगाडि बडिरहेकी छु।
धेरै बर्ष अगाडि जब भारतमा कोङ्ग्रेसको सरकार थियो तब अयोध्यामा बाबरी मस्जित कान्ड्मा कैयौं साधु हरुलाई गोलि प्रहार गरि मारियेको थियो तब एक महान सन्त ले रुदै आफ्ना अरु सन्त साथी हरुको लाशलाई सम्भाल्दै सरापेका थिये रे कि एक दिन एक सन्त सत्तामा आउने छ र कोङ्ग्रेसको पत्ता साफ गर्नेछ भनेर।
नभन्दै आज त्यस्तै हुन गयो राहुल गान्धिले त्यसै कोङ्ग्रेसको अध्यक्ष पद बाट राजिनामा दियेको अवस्य होईन हरेश खायेर नै हुनु पर्छ। त्यस्तै ईतिहास फेरि पनि दोहोरिन्दैन भन्न सकिन्दैन किन भने आज एक महान सन्त लाई बलात्कारको प्रमाण नहुदा नहुदै पनि उच्च अदालतले जिल्ला अदालतले गरेको निर्णलाई अवग्या गर्दै अर्को निर्णय नआये सम्मको लागि जेल चलान गराये।
हरेक युग मा सत्य डग्मगायेनन र डग्मगाउने पनि छैन र यो धर्मको लडाई हो र हामी धर्मको रक्षा हेतु निरन्तर लड्ने छौ। त्यो सुनौलो दिन अवस्य फिर्ने छ जब फेरि सत्यको जीत हुनेछ र धर्म्को ध्वजा फहराउने छ। अरुको अगाडि झुक्न नखोज्ने शक्तिशाली रास्ट्र अमेरिका जो एक समयमा सारा नेपालिको dream land हुने गर्दथ्यो भने आज सम्सानघाट मा परिणत हुँदै छ। काया पलट हुनु केही समय लाग्दो रहेनछ त्यसैले भनियेको होला कि समय भन्दा बलवान् कोही हुदैन।
गुरुदेब भगवानको सदा जै हो।
Comment