सांसद आचार्यद्वारा स्वास्थ्य सामग्री सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा । प्रतिनिधिसभामा निर्वाचित सांसद मोहन आचार्यले रसुवा जिल्लामा कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मिलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । 

सांसद आचार्यले बिहिबार जिल्ला प्रशासन कार्यालय रसुवामा प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी मार्फत जिल्लाका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मिलाई आवश्य स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् ।

जिल्ला बिपद कोषमा रहने गरि जिल्ला प्रशासन कार्यालय रसुवालाई उपलब्ध गराइएको सामग्रीमा चालीस थान पीपीई सेट, यसै गरी चस्मा चालीस थान, बुट चालीस थान रहेको छ भने चार सय थान केएन नाईन्टी फाईभ मास्क र पन्जा पन्ध्र सय थान रहेको छ।

सांसद आचार्यले प्रदान गरेको सामग्रीहरु आवश्यकता अनुसार जिल्लाका पाँच वटै स्थानीय तहमा पठाइने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। 

जिल्लामा कोरोना नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिन आफूले उक्त सामग्री उपलब्ध गराएको सांसद आचार्यले बताएका छन । 

सामाग्रीको अभाव भएमा सम्भब भएसम्म आफुले उपलब्ध गराउदै जाने समेत सांसद आचार्यले बताए ।

यस अधि पनि सांसद आचार्यले जिल्लालाई आवश्यक स्वास्थ्य सामाग्री उपलव्ध गराउदै आएका थिए भने उनले रसुवाको लहरेपौवा स्थित आफ्नो निजि निवास समेत क्वारेन्टटाइनका लागि उप्लब्ध गराएका छन । 

सांसद आचार्यले जिल्लाका विपन्न परिवारलाई खाद्यान्न समेत उपलब्ध गराउदै आएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।