कोरोना संक्रमणको बेला समाज सेवामै रमाउने नेता क्षितिज भण्डारी ! लाखौ सहयोग गर्दा पनि रित्तिएन मनको भकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर  । सरकार र पार्टी विरुद्ध जनताको पक्षमा भिजन र तर्क्सहित दुईतर्फी फायर खोलेर लक डाउन मा प्रतिपक्षी दल नेपाली कांग्रेस युवानेता क्षितिज भण्डारी भाईरल हुनेगरि चर्चामा आएका छन् । 

नेबिसंघका पुर्ब कावा अध्यक्ष समेत रहेका भण्डारीले सरकारले लक डाउन अवधी भरी र कम्तीमा ३ महिनाको डेरावाला विद्यार्थीको सरकारी र निजि स्कुल/ कलेज शुल्क, घरभाडा, बैक ब्याज र कर मिनाहा गर्न माग गरेका छन् ।  यो सुबिधा देशको हरेक आर्थिक अवस्था कम भएको नागरिकको हकमा लागू गर्न भण्डारीले प्रधानमन्त्री केपि शर्मा ओलि संग माग गर्नुभएको छ । 

नेपाली कांग्रेस युवानेता भण्डारीले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी ले आफु सहित राष्ट्रपति, सांसदको बार्षिक तलबको ३०% र सासद कोष को ७२ अर्ब पनि कोरोना कोषमा दिदा अब नेपाल सरकारले अरुको तलब जबर्जस्ति काट्नु भन्दापनि आफ्नो ५०% बार्षिक तलब भत्ता र सासद कोषमा फ्रीज भएर बसेको अर्बौं रुपियाँबाट ५०% रकम स्वास्थ क्षेत्रमा दिन पार्टी र सरकारसंग माग गर्नुभएको छ । नेपाल प्रहरी मुख्यालयले बैशाख महिना बाट नेपाल प्रहरीले असई देखि आईजी पद मा रहेकोले आफ्नो ७दिन को तलब कट्टा गरि कोरोना कोषम हाल्नु पर्ने नयाँ नियमलाई फिर्ता लिई यो प्रवाधान हटाउन वा स्वेच्छिक मात्र गर्न माग गरेपछी प्रहरीहरुले सामाजिक सन्जाल मार्फत समर्थन गरेको देखिन्छ । 

त्यस्तै कोरोना विरुद्ध सचेतना फैलाउने र भ्रष्टाचार, ढिलासुस्तीको भण्डाफोर गर्ने संचारकर्मी, ज्यानको पर्वाह नगरी सेवा दिने स्वास्थयकर्मी, सफाईकर्मी, एम्बुलेन्स चालक, फ्रन्टलाईनक कर्मचारी र सुरक्षाकर्मीलाई कोरोनो विरुद्ध लडाइँमा एक करोड को बिमा र भत्ता डबल गर्न नेपाली कांग्रेस मार्फत कुरा गर्न उच्चस्तरीय वार्ता टोलि गठनको माग सभापति शेरबहादुर देउवालाई गरेका छ्न ।

उनले लक डाउन र संक्रमणको बेला भिडियो कन्फ्रेन्समार्फत बैठक नगरेर गाडी हुईक्काएर बालुवाटारमा पोलिटव्युरो बैठक गर्ने नेकपा सचिवालय नेताहरू र अनि गाडीमा गएर कांग्रेस बुढानिलकण्ठमा पदाधिकारी बैठक गर्ने नेतालाई स्वास्थयको ख्याल राख्ने चेतना खोल्न न्युजिल्यान्डको उदाहरण दिएका छन् । जहाँ लक डाउन उल्लघन गरेकोमा प्रधानमन्त्री जाकिन्डा एर्डेनले स्वास्थय मन्त्री डेभिड क्लार्क लाई कार्वाही गर्दै सहायक स्वास्थ्यमन्त्रीमा घटुवा गरिन । यो मागपछि गृहजिल्ला कैलाली सहित अनेकौं स्थानमा भिडियो बैठक भएको हान्रो सम्वाददाताले जनाएका छन् ।

भण्डारीले अमेरिका उच्च प्राविधिको मेसिनमा कोरोना जाँच गरेकोले नै लाखौं मानिस हुँदै कुकुर र बाघ मा पनि कोरोना सक्रमण देखियो तर नेपालमा हालसम्म २ हजारको मात्र परिक्षणले १० लाख प्रवासी नेपाली भित्रीएको मा कसरी कोरोना यत्ती र उत्ति कोरोना रोगी भन्न मिल्छ भनेर प्रधानमन्त्रीलाई प्रतिप्रश्न गर्दै लाखौं परिक्षण गर्न सरकारलाई सुझाव दिन्छन ! त्यस्तै पार्टीले आफ्नो केन्द्रदेखि जिल्ला सम्मको कार्यालय अबिल्मब क्वारेन्टाइन बनाउन दिन माग गरेपछि बाके लगायत विभिन्न कांग्रेस कार्यालय क्वारेन्टाइन बनेको समाचार छ ।

नागरिकलाई घर मै बसेर मास्क, सेनेटाईजर र टिस्यु पेपर बनाउन सिकाउदै अम्मलि पुरुषलाई रक्सी, चुरोट र खैनी त्याग्न अनि खाना वनाएर महिलालाई सघाउन आग्रह गरेपछि महिलाहरु निकै उत्साहित भएको विभिन्न राष्ट्रिय मिडिया र अनलाइनमा समाचार छ । यसरी नौलो बिषयबस्तु मा सिधा कुरा प्रष्ट विचार दिएर अहिले सामाजिक सन्जालमा युवा नेता भण्डारी भाइरल भएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।