काठमाडौं । सरकारले काठमाडौंमा रहेकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने भएको छ ।
उपप्रधानमन्त्री तथा रक्षा मन्त्री एवम् कोरोनाभइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक इश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको बैठकले शुक्रबार र शनिबार गरी दुई दिन काठमाडौंबाट बाहिर जान दिने निर्णय गरेको हो ।
रक्षामन्त्रालयमा बिहीबार बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जाने क्रम बढेको छ ।
साथै आपूर्तिमा समस्या आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले गाउँ फर्कन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो ।
चैत ११ मा लगाएको लकडाउन सरकारले तीन पटक बढाइसकेको छ भने अझै केही पटक लम्बिन सक्ने संभावना देखिएको छ । यसैवीच सयौं व्यक्तिहरु धेरै दिनसम्म पैदल हिंडेर गाउँ गइरहेका छन् ।
Comment