भारतमा कोरोना भाइरस संक्रमणका कारण १४९ जनाको मृत्यु , लकडाउन थप्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९ ) को सम्भावित संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन हप्ता लामो लकडाउन अप्रिल १४ पछि पनि बढाउने बताएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार सर्वदलिय बैठक राखेर लकडाउन बढाउने संकेत गरेका हुन । लकडाउन बढाउने मोदीको तयारीलाई अधिकांश प्रदेशका मुख्यमन्त्रीहरुले पनि साथ दिएका छन् । भारतले हाल जारी गरेको लकडाउन अप्रिल १४ तारिखका दिन सकिँदैछ । 

कोरोना भाइरस महामारीको अधिक चपेटामा रहेको राजश्थानका मुख्यमन्त्री अशोक गहलोतले लकडाउन २१ दिनमै अन्त्य गरिनु नहुने धारणा राखेका छन् । उनले २१ दिनमै लकडाउन अन्त्य गर्दा त्यसको कुनै सकारात्मक प्रभाव नदेखिने भएकाले अवधी थप्नुपर्ने धारणा राखेका छन् । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले पनि लकडाउन बढाउने संकेत गरेका छन् । 

छत्तिसगढ प्रदेशले पनि लकडाउन बढाउनुपर्ने भनेको छ । तेलंगानाका मुख्यमन्त्री चंद्रशेखर रावले पनि लकडाउन बढाउन सुझाव दिएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।