विश्वका २०९ देशमा फैलियो कोरोना संक्रमण ज्यान गुमाउनेको संख्या साढे ८८ हजार पुग्यो, ८२ हजार बढी बिरामी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चीनको वुहान प्रान्तबाट विश्वभर महामारीमा रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८ हजार ४०५ पुगेको छ ।

विश्वका २०९ देशमा फैलिएको कोरोनाबाट बुधबार एकैदिन ६ हजार ३ सय ६७ जनाको मृत्यु भएको छ भने ८२ हजार २ सय ६२ जना नयाँ बिरामी थपिएका छन् ।

सबैभन्दा धेरै इटलीमा १७ हजार ६६९ जनाको ज्यान गएको छ भने अमेरिकामा १४ हजार ७३६ तथा स्पेनमा १४ हजार ७९४ जनाको मृत्यु भएको छ ।

त्यस्तै, फ्रान्समा पनि कोरोना संक्रमितको संख्या लाख नाघेको छ। त्यहाँ १ लाख १३ हजार ९ सय ५९ जनामा कोरोना संक्रमित भइसकेका छन्। त्यहाँ १० हजार ८ सय ६९ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्। त्यस्तै २१ हजार उपचारपछि निको भएका छन्।

अर्को देश जर्मनीमा पनि संक्रमितको संख्या लाख नाघेको छ। त्यहाँ १ लाख १३ हजार २ सय ९६ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै, २ लाख ३ सय ४९ जनाले ज्यान गुमाइसकेका छन्। ४६ हजार ३ सय निको भएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।