काठमाडौं । जगदम्बा ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्नको लागि अनुमति दिएको हो ।
अग्रवाललाई मङ्गलबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको आरोपमा मंगलबार पक्राउ गरेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौँले अग्रवाललाई कालोबजारी गरेको कसुरमा न्यायिक हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयसँग सात दिनको अनुमति मागेको थियो । अग्रवालले ५ सय पर्ने जरो नाप्ने थर्मल गन १५ हजारसम्ममा बेचेको आरोप प्रहरीले लगाएको छ ।
Comment