मन्त्रिपरिषद्को महत्वपूर्ण बैठक बस्दै,लकडाउन लम्ब्याउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन बढाउनेबारे आवश्यक निर्णय गर्न मन्त्रिपरिषद्को महत्वपूर्ण बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले कोरोना संक्रमण फैलन नदिन चाल्नुपर्ने थप कदमबारे महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।  काेराेना संक्रमण स्थानीय तहमा फैलन थालेपछि सरकारले सुपर लकडाउन गरेकाे छ ।

अर्थात एक प्रदेशबाट अर्काेमा, एक जिल्लाबाट अर्काे र एक स्थानीय तहबाट अर्काेमा अ‍ावतजावतमा कडाइ गरेकाे छ ।

सरकारले साेमबार अझ महत्वपूर्ण निर्णय गर्न लागेकाे हाे । कोरोना रोकथामका लागि सरकारले दोस्रो पटक थपेको लकडाउन अवधि २५ चैतमा सम्म थपिएको थियो । त्यसअघि चैत ११ देखि १८ सम्म तोकिएको थियो ।

बैठक दिउँसो २ बजे बालुवाटारमा बस्दैछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।