अमेरिकन आइडलको टप २० मा छानिए दिवेश पोखरेल (भिडियो सहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंका दिवेश पोखरेल ‘अमेरिकन आइडल’ को शीर्ष २० मा पुग्न सफल भएका छन् ।

आइतबार प्रशारण भएको एपिसोडबाट उनी टप २० मा सुरक्षित भएका हुन् । दिवेशले टप २० प्रवेश गर्नको लागि बब मार्लीको गीतमा प्रस्तती दिएका थिए ।

आइतबार दिएको प्रस्तुतिले निर्णायक मण्डलका तीनैजना निर्णायक नै प्रभावित भएर प्रशंसा गरेका थिए। अघिल्लो हप्ताझै यस हप्ता पनि सबै निर्णायकहरू उठेर ताली बजाएका थिए।

२१ वर्षे युवा गायक दिवेश पोखरेलले सुरुआतको हप्तामा आफूलाई अर्थर गनको रूपमा चिनाएका थिए। अघिल्लो हप्ता दिवेशले हलिउड राउन्डमा १९६८ मा अमेरिकन गायक ओटिस रेडिङको सुपर हिट गीत ‘हार्ड टु ह्यान्डिल’ गाएका थिए।

उनको प्रस्तुतिपछि निर्णायकहरूले पूरा गीत गाउन अनुरोध गरेका थिए। निर्णायक लियोनल रिचीले दिवेशको प्रस्तुति आफूलाई बब मार्लीको झल्को दिएको प्रतिक्रिया दिँदै उनको प्रशंसा गरेका थिए।

अमेरिकन आइडलको शीर्ष २० छनोटमा निर्णायकको भूमिका निकै चुनौतीमय भए पनि दिवेशलाई अगाडि लैजाने निर्णय चाहिँ आफूहरुका लागि सबैभन्दा सजिलो भएको उनीहरुले बताए ।

आर्थर गनका उपनामले गाउँदै आएका २० वर्षका पोखरेल करिव ६ वर्षअघि अमेरिका गएका थिए । उनी आफ्ना बुबा–आमासहितको परिवारमा क्यान्सस राज्यको विचिटामा बस्छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।