काठमाडौं । सरकारले कोरोनाविरुद्ध लड्न स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएकाे छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार साँझ बसेको बैठकले काेराेना राेकथामका लागि देशभरका स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेकाे हाे ।
बैठकपछि प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव नारायण प्रसाद बिडारीले उचित सुविधा दिएर देशभरका स्वास्थ्य स्वयंसेविका खटाउने निर्णय भएको उनले बताए । उनले भने – ‘देभर ५० हजार भन्दा धेरै ग्रामिण स्वास्थ्य स्वयंम सेविका छन्, उनीहरुलाई आवश्यक तालिम, सुरक्षा, प्रोत्साहन भत्ता र बीमाको व्यवस्था गर्दै स्थानीय तहमा परिचालन गर्ने निर्णय भएको छ ।’
Comment