महासंघद्धारा विपन्न परिवारलाई खाद्यान्न वितरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले दैनिक गुजारा चलाउन अप्ठेरो परेकालाई राहत वितरण गरेको छ।

 नेपाल उद्योग बाणिज्य महासंघले निम्न आय भएका परिवारलाई खाद्यान्य सहयोग गरेको छ । आइतबार नेपाल विज्ञापन संघको कार्यालय शान्तिनगरबाट निम्न वर्गीय परिवारलाई खाद्यान्न वितरण गरेको हो।

 उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि  लेखराज भट्ट र महासंघकी अध्यक्ष भवानी राणाले संयुक्त रुपमा खाद्यान्न वितरण गरेका थिए ।  महासंघले महामारीका कारण लकडाउनका कारण अत्यावश्यक सामाग्री समस्या परेका श्रमिक तथा कामदारहरुलाई ४० हजार किलो चामल र ५ हजार किलो दाल लगायतका सामाग्री वितरण गरेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।