काठमाडौं । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारणबाट मृत्यु हुनेको संख्या निरन्तर बृद्धि भइरहेको छ।
विश्वको शक्तिशाली देश अमेरिकालाई समेत कोरोना भाइरसको प्रकोपले हायलकायल बनाएको छ । शनिबार मात्र अमेरिकामा १ हजारभन्दा बढीको मृत्यु भएको छ ।
अमेरिकामा संक्रमितको संख्या ३ लाखभन्दा बढी भइसकेका छन् ।
अमेरिकामा बसोबास गर्दै आएका ५०० नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी कोरोना भाइरसबाट संक्रमित भएका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष तथा पेशाले चिकित्सकसमेत रहेका डा.केशव पौडेलले जानकारी दिएका छन ।
तीमध्ये करिब आधाभन्दा बढी अपस्ताल भर्ना नभई सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।
संक्रमितको संख्याबारे स्वतन्त्ररुपमा पुष्टि नभएपनि एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा सञ्जीव सापकोटाले पनि अनौपचारिक तथ्याङ्क सङ्कलनका क्रममा ५०० जना जति नेपाली तथा नेपाली मूलका मानिसहरु कोरोना भाइरसको सङ्क्रमित भएको बताएका छन् ।
तीमध्ये ८० प्रतिशतभन्दा बढी घरमा नै आइसोलेसनमा बसेका छन् ।
कोरोनाका कारण न्यूयोर्कमा बस्दै आएका अनिल लिम्बूको गत साता निधन भएको थियो ।
नेपालीहरु अमेरिकाको न्यूयोर्क, क्यालिफोर्निया, न्यूजर्सी, पेन्सलभेनिया, टेक्सासलगायतका स्थानमा बढी बसोबास गर्ने तथ्याङ्क छ ।
यसैगरी मेरिल्याण्ड, न्यूह्याम्पसायर, कनेक्टिकट, भर्जिनिया, नर्थ क्यारोलिना, कोलोराडो वासिङ्टन इलोनोइजमा पनि बसोबास गर्दै आएका छन् ।
अमेरिकाको ५० वटै राज्यमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने मुख्यरूपमा न्यूयोर्कमा बढी देखिएको ।
न्ययोर्कमा मात्र करिब ४० हजार नेपाली बसोबास गर्ने गरेको अनौपचारिक तथ्याङ्क रहेको छ ।
Comment